Comments Add Comment

लगानीकर्ता सतर्क हुँदा १० अंकले घट्यो नेप्से

१४ साउन काठमाडौं । पुँजी बजारका लगानीकर्ता सतर्क भएपछि नेप्सेमा सुधार भएको छ । प्रष्ट आधारबीना नेप्से उछालिएसँगै जोखिम उत्पन्न हुने भन्दै लगानीकर्ताले सजगता अपनाएका हुन् ।

nepse-2071-4-14सरोकारवालाहरुले लगानीकर्तालाई सतर्क रहन अनुरोध गर्दै आएका थिए । यो सातादेखि लगानीकर्ताले उच्च सतर्कता अपनाएका छन् । आइतबार र सोमबार घटेको नेप्से बुधबार पनि १०.३८ अंकले घट्दै एक हजार ६२ दशमलब ४४ अंकमा झरेको छ ।

सूचिकृत कम्पनीहरुको वित्तीय विवरण प्रकाशित हुने समय आएकाले वित्तीय विवरण सार्वजानिक नभएसम्म लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।

बुधबार नेप्सेमा १ सय ५६ कम्पनीका १३ लाख ५२ हजार कित्ता सेयर ७६ करोड ३२ लाख रुपैयाँमा किनबेच भयो । गत साताका दिनहरुको तुलनामा यो निकै कमी हो । गत साता एकै दिनमा एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

बुधबार होटल, जलविद्युत र फाइनान्स बाहेक सबै समूहगत उपसूचकहरु घटेका छन् ।  होटल समूहको उपसूचक ६९.६२ अंकले बढेको छ भने जलविद्युत समूहको ०.४८ अंकले र वित्त कम्पनी समूहको ६.२८ अंकले बढेको छ । यो दिन वाणिज्य बैंक समूहको सूचक १५.४३ अंकले घटेको छ भने बीमा समूहको सूचक ६६.३४ अंकले घटेको छ ।

विकास बैंक समूहको ४.८९ अंकले र उत्पादनमूल समूहको उपसूचक १४.०१ अंकले घटेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment