Comments Add Comment

निर्धारित समयमै सातौं राष्ट्रिय खेलकुद गर्न माग

१४ साउन, काठमाडौं । पूर्वाञ्चल क्षेत्रका खेलकर्मी, खेलाडी, प्रशिक्षक, खेल प्रेमीलगायतले पूर्वाञ्चलमा हुनु पर्ने सातौं राष्ट्रिय खेलकुद राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तोकेको समयमा हुने पर्ने माग राखेका छन् ।

बुधबार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले उक्त माग राखेको हो । २०७० माघ २५ गते बसेको राखेपको १०० औं बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुनमा पूर्वाञ्चलमा आयोजना गर्ने निर्णय गरेको थियो ।

तर, आ.व. २०७१/७२ को सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत सातौं राष्ट्रिय खेलकुद समावेश छैन । २०६८ साल फागुन १८ गते सुदूरपश्चिमाञ्चलको कञ्चनपुरमा छैटौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष राईलाई २०७० सालमा पूर्वाञ्चलमा गर्ने गरी सातौं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरेका थिए । २०७० मा दोश्रो संविधानसभाको निर्वाचनका कारण सातौं राष्ट्रिय खेलकुद स्थगित गरिएको थियो ।

ज्ञापनपत्र बुझेपछि मन्त्री पौडेलले सातौं राष्ट्रिय खेलकुदको बजेट समावेश नहुनुमा प्राविधिक कारण भएको बताउदै यस विषयमा अर्थ मन्त्रीसंग कुराकानी भइरहेको बताए । ‘सातौंको बजेट प्राविधिक कारणले गर्दा छुट भएको हो । मैलै अर्थ मन्त्रीज्यूसंग कुराकानी गरेको छु । सातौंका लागि बजेटले गर्दा समस्या हुँदैन तपाईंहरु सातौं खेलकुद गर्ने वातावरण तयार गर्नुस् भन्नु भएको छ’ मन्त्री पौडेलले भने- ‘सातौं आयोजना गर्ने वातावरण बनाउछौं तपाईहरुको पनि सहयोग चाहिन्छ । सातौं पूर्वाञ्चलमै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment