Comments Add Comment

स्वयंवरको औँठी भ्यागुताले निलेपछि….

आफैले पालेको भ्यागुताले झण्डै आफ्नै बिहे भाँड्न लाग्यो भने के होला ? रुसमा एक भ्यागुताले यस्तै बदमासी गरेको छ, तर विचरा त्यो जानिबुझी हुने कुरै भएन ।
उक्त भ्यागुताले आफ्नै मालिकले बिहेका लागि ठिक्क पारेको औँठी स्वात्तै निलिदिएको छ ।
समाचार अनुसार रुसको एकेटेरिनवर्गका रोमन लिभाने नामका व्यक्तिले आफ्नो घरमा १० वर्षदेखि पालेको भ्यागुताले आफ्नी हुनलागेकी श्रीमतीको लागि साँचेको औँठी खाइदियो ।

frog
अब छिटै विवाह गर्ने आँटेर औँठी समेत ठिक्क पारेका रोमनले गर्लप|mेण्ड क्रिस्टिनालाई घरमा बोलाएर भ्यागुता राखेको अक्वारियम सफा गर्दै थिए । त्यसक्रममा उनले भ्यागुतालाई बाहिर निकालेर उसको देखभाल गर्न क्रिस्टिनालाई अह्राएका थिए । क्रिस्टिनाले आफ्नो लागि मनको राजाले बनाइदिएको औँठी सुम्सुम्याउँदै थिइन् । त्यसै क्रममा एक्कासी औँठी भुइँमा खस्यो र भ्यागुताले क्वाप्पै खाइहाल्यो ।
भ्यागुताले औँठी खाइदिएपछि बिहे नै बिथोलिने चिन्ताले उनमा रिसको पारो त चढेको थियो तर के गर्नु १० वर्षदेखि पालेको त्यो भ्यागुतो घरको सदस्य जस्तै पि्रय थियो । उसको पेटबाट औँठी निकाल्नको लागि उसलाई मार्न उनको हात लागेन । भ्यागुतालाई पशु अस्पताल लगियो । एक्स रे गर्दा भ्यागुताको पेटमा पत्थर सहितको औँठी रहेको पुष्टि भयो ।
अब भ्यागुताको पेटबाट औँठी निकाल्ने कसरी ? पेट चिर्ने कुरा पनि भएन । त्यो ठूलो औँठी भ्यागुताको दिसा सँगै बाहिर आउने सम्भावना पनि थिएन । त्यसपछि पशु डाक्टरले विशेष जुक्ति लगाए । दुइ दिनसम्म भ्यागुतालाई खानै नदिने र विशेष प्रकारको हुक मुखबाट छिराएर पेटमा भएको औँठी बाहिर निकाल्ने । पशु चिकित्सक जुलिया अन्ततः भ्यागुताको पेटबाट स्वयंवरको लागि तयार पारिएको त्यो औँठी निकाल्न सफल भइन् ।
भ्यागुताको पेटबाट निकालिएको औँठी सफा गरेर क्रिस्टिनालाई दिइन् उनले । औँठी पाएपछि ढुक्क रोमन र क्रिस्टिनाको जोडी पनि छिटै बिहे गर्ने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment