Comments Add Comment

वासुदेव लुईंटेल पुरस्कार सायमीलाई

वासुदेव-विद्यादेव लुईंटेल गुठीले यस वर्षको वासुदेव लुईंटेल पुरस्कार वरिष्ठ व्यङ्ग्यचित्रकार रवीन सायमीलाई दिने निर्णय गरेको छ ।

व्यङ्ग्यचित्रकर्ममा ज्येष्ठता, श्रेष्ठता र निरन्तरताका आधारमा उहाँलाई रु एक लाख एघार हजार एक सय एघारसहितको पुरस्कार प्रदान गर्न लागिएको गुठीका अध्यक्ष प्राडा सुषमा आचार्यले बताए । पुरस्कारका साथ सम्मानपत्र पनि रहने छ । सायमीले विभिन्न पत्रिकामा चोटिलो एवम् बौद्धिकस्तरको व्यङ्ग्यचित्र कोर्दै आएका छन् ।

विसं २०५० मा स्थापित गुठीले विसं २०५१ देखि हास्यव्यङ्ग्य साहित्य, अभिनय र व्यङ्ग्यचित्रमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

उक्त पुरस्कार ‘भुतको भिनाजु’ भनेर चिनिने हास्यव्यङ्ग्यकार वासुदेव लुईंटेलको जन्मजयन्तीका दिन यही भदौ २३ गते प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment