Comments Add Comment

प्रत्येक नेपालीलाई साढे ३ हजार विकास बजेट

१५ साउन, काठमाडौं । जिल्लागत रुपमा सञ्चालन गरिने विकास कार्यक्रममा औसतमा प्रत्येक नेपालीको भागका ३ हजार ५ सय ८० रुपैयाँ बजेट परेको छ । चालू आव ०७१/७२ मा जिल्लागत रुपमा सञ्चालन गरिने विकास कार्यक्रमका लागि ९४ अर्ब ८४ करोड १८ लाख ११ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
०६८ को २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनसंख्याका आधारमा जिल्लागत विकास कार्यक्रमका लागि प्रतिव्यक्ति ३ हजार ५ सय ८० रुपैयाँ विनियोजन गरिएको राष्ट्रिय योजना आयोगले जनाएको नयाँ पत्रिकामा खबर छ ।
जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम मनाङले बजेट पाएको छ । चालू आवमा जिल्लामा सञ्चालन गरिने विकास कार्यक्रमका लागि काठमाडौंले सबैभन्दा बढी ३ अर्ब ४१ करोड ७६ लाख र मनाङले सबैभन्दा कम ३० करोड ३४ लाख ६३ हजार रुपैयाँ मात्रै पाएको छ ।
राष्ट्रिय योजना आयोगले प्रत्येक जिल्लामा कार्यान्वयन हुने कार्यक्रम तय गरी बजेट विनियोजन गर्दा १३ औं योजनाको दीर्घकालीन सोच, उद्देश्य, रणनीति र कार्यनीति अवधिक जिल्लाविकास कार्यक्रमलाई आधार मानेर बजेट विनियोजन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment