Comments Add Comment

सतर्क रहनुहोस्, हिँड्दाहिँड्दै सर्न सक्छ क्षयरोग

१५ साउन, काठमाडौं । तपाई सार्वजनिक यातायातका साधनमा यात्रा गर्दै हुनुहुन्छ र भीडभाडमा जानुहुन्छ भने सतर्क रहनुहोस्, तपाईंलाई क्षयरोगका कीटाणु सर्न सक्छन् ।
जटिल अवस्थाको क्षयरोग (एक्सडिआर) तथा बहुऔषधि प्रतिरोधक क्षयरोग (एमडिआर) लागेका बिरामी चिकित्सकको निगरानीमा औषधि खान दिनहुँ अस्पताल आउजाउ गर्नुपर्ने भएकाले उनीहरुमार्फत क्षयरोगका कीटाणु सर्ने खतरा रहेको नयाँ पत्रिकामा खबर छ । अरुलाई सर्नबाट जोगाउन सरकारले उपचार अवधिभर होस्टल तथा छुट्टै सवारी व्यवस्था गर्नुपर्ने क्षयरोगका बिरामीहरुको माग छ । बिरामीको असुरक्षित यात्राले बर्षेनी यस रोगीको संख्या बढीरहेको छ ।
६५ प्रतिशत युवा क्षयरोगी
सरकारले सञ्चान गरेको १३ उपचार केन्द्र र ७३ वटा उपकेन्द्रमा एमडिआर परीक्षण गराउन आउने र उपचार गर्नेको भीड दिनहुँ बढ्दै गएको छ । पहिले पाका (वृद्ध) उमेरका व्यक्तिमा यस्तो रोग बढी देखिने गरेकोमा पछिल्लो समय युवा तथा किशोर बढी प्रभावित भएको तथ्यांकले देखाएको छ ।
भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रले प्रत्येक वर्ष भेटिने ३५ हजार क्षयरोगका बिरामीमध्ये ६५ प्रतिशतभन्दा बढी १५ देखि ४५ वर्षका रहेको जनाएको छ । अझ एमडिआरजस्तो जटिल रोगमा फसेका किशोर तथा युवाको संख्या त त्योभन्दा माथि छ । केन्द्रको १३ वटा उपचार केन्द्रमा तीन सयभन्दा बढी एमडिआरका बिरामीले नाम दर्ता गरी उपचार गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment