Comments Add Comment

बाहुन डनलाई १५ वर्ष कैद सजायको माग

don-ramesh-bahun१५ साउन, काठमाडौं । गुन्डागर्दीका नाइके रमेश बाहुन भनिने सुजन पौडेलविरुद्ध प्रहरीले १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत बुधबार लागुऔषध मुद्दा दायर गरेको हो ।
बाहुन गत ११ असार २८ दशमलब ४ ग्राम खैरो हेरोइन र पेस्तोलसहित पक्राउ परेका थिए । लागुऔषध नियन्त्रण एने, २०३३ को दफा १४ को ६ (२) अनुसार उनीविरुद्ध मुद्दा दायर गरिएको छ । २५ देखि सय ग्राम खैरो हेरोइन बरामद भएमा १५ वर्षसम्म कैद सजाय हुने लागूऔषध नियन्त्रण ऐनमा उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ ।
लागूऔषध मुद्दामा अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार प्रहरीलाई हुन्छ । तर, बाहुनको मुद्दा ४५ दिनमै प्रहरीले बुझाएको छ । एमाले नेताहरुको निर्देशनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले छिट्टै मुद्दा बुझाएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment