Comments Add Comment

बिहीबारका छापामा मुख्य खबरहरु

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले उर्जा व्यापार सम्झौता टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको, नेपाल-भारत सम्झौता अघि विशेष वार्ता हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले विषादी छिट्नेलाई अनेकथरी रोग लागेको, आत्महत्या गर्नेको परिवारमा बाच्नेलाई कलंकको टीका लाग्ने गरेको, खेलकुदमन्त्री र सदस्यसचिवबीच तीव्र द्वन्द्व भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको, भित्तामा पोस्टर, पम्प्लेट, होडिङ बोर्ड नराख्न सर्वोच्चले निर्देशन दिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले संसदमा विशिष्ट अतिथिको संम्बोधन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट सुरु हुने, चरम यातनाका कारण तराईमा आत्महत्या गर्ने बुहारीको संख्या बढेको, नौमुरे जलविद्युत आयोजना नेपालले नै बनाउने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले राष्ट्रपति-उपराष्ट्रपति अनुमोदन प्रकरणमा कांग्रेसले नटेर्ने र एमाले नछोड्ने पक्षमा रहेको, प्रत्येक नेपालीलाई साढे तीन हजार विकास बजेट, हिँड्डा हिँड्दै क्षयरोग सर्नसक्ने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment