Comments Add Comment

लिभरपुलद्वारा म्यानचेष्टर सिटी पराजित

Man-city-vs-Liverpool

१५ साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।

प्रि सिजन टुर अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुलेल सिटीलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गरेको हो । निर्धारित समयको खेल २-२ को गोलको बराबरीमा टुगिंएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

सिटीका याया टोरे र नाभासको प्रहार लिभरपुलका गोलरक्षकले रोके । लिभरपुलको जितमा साइमन मिनिओको पेनाल्टी गोल निर्णायक बनेको थियो ।

यसअघि निर्धारित समयमा सिटीले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन । सिटीले ५३ औं मिनेटमा जोभिटिकको गोलबाट अग्रता लिएको थियो । तर, ५९ औं मिनेटमा हेन्डरसनले बराबरी गोल फर्काए ।

६७ औं मिनेटमा जोभिटिकले नै व्यक्तिगत दोस्रो गोल गर्दै फेरि सिटीलाई अग्रता दिलाए । तर, ८५ औं मिनेटमा लिभरपुलका स्टरलिङले बराबरी गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment