Comments Add Comment

मोदी भ्रमणबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक

१५ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा के-कस्ता सम्झौता गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठकको आयोजना गरिएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको सर्वदलीय बैठकमा संविधानसभामा सहभागी दलहरुलाई निम्त्याइएको छ । बैठक विहान ८ बजे बस्ने भनिए पनि एमाओवादीको आन्तरिक बैठक नसकिएकाले केही ढीलो भएको छ ।
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेलामा गरिने विद्युत व्यापार सम्झौता (पीटीए)बारे सहमति जुटाउने प्रयास स्वरुप यस्तो बैठक बोलाइएको भए पनि यसबारे सहमति जुट्नत सकेको छैन । मंगलबार तीन दलको पहलमा गठन गरिएको तीन सदस्यीय कार्यदलले शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाउन बाँकी छ ।
अर्थमन्त्री डा. रामशरण महत, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सम्मितल कार्यदलले उर्जा व्यापार सम्झौताका विषयमा बुधबार विज्ञहरुसँग छलफल गरेको छ । कार्यदलले आजै प्रतिवेदन बुझाउने बताइएको छ ।
बालुवाटारको सर्वदलीय बैठकमा भारतसँग कस्तोखालको विद्युत व्यापार सम्झौता गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी माथिल्लो कणर्ालीका बारेमा पनि सहमति गर्ने/नगर्ने भन्ने विषयमा पनि छलफल गरिने भएको छ ।
मोदीको भ्रमणका क्रममा भारतसँग कुन जलविद्युत परियोजना निर्माणका लागि माग गर्ने भन्ने विषयमा पनि बालुवाटारमा छलफल हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल एमाओवादीले बिराटनगरको भारतीय क्याम्प हटाइनु पर्ने एवं भारतीय दूतावासले जिल्लामा प्रत्यक्ष लगानी गर्नुको साटो केन्द्रीय बजेटमार्फत सहयोग दिनुपर्नेलगायतका प्रस्ताव अघि सारेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment