Comments Add Comment

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय अध्यक्षमा बिश्वकर्मा निर्वाचित 

biswa

१५ साउन, भर्जिनिया । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नयाँ कार्यसमिति चयन भएको छ । विश्वका ७२ वटा राष्ट्रहरुमा आफ्नो शाखा बिस्तार गरेको अनेसासले आगामी कार्यकाल २०१४ देखि २०१६ को लागी नयाँ केन्द्रिय कार्यसमिति चयन गरेको हो ।

भानुजयन्ती तथा बार्षिक साधारण सभाका प्रमुख अतिथि अमेरिकाको लागी नेपालका कार्यबाहक राजदुत ऋषीराम घिमिरेले उद्घाटन गरेको कार्यक्रममा अमेरिका भ्रमणमा रहेका बरिस्ठ प्राध्यापक (समालोचक) डा. खगेन्द्र लूईटेल तथा बिशेष अतिथि साहित्यकार कृष्ण धराबासी रहेका थिए ।

निर्वाचन प्रमुख विमल नेपालले अनेसासको नयाँ केन्द्रिय कार्यसमितीमा निर्बाचित भएको घोषणा गरेका थिए भने निर्वाचन समितिका सदस्यहरु तीर्थ पाण्डे, धनीराम सापकोटा, निर्बाचन पर्यबेक्षकहरु खेम भट्टचन तथा डा० भिम कट्टेलसमेतको उपस्थिति रहेको थियो lअनेसास-बोर्ड अफ ट्रस्टीका अध्यक्ष बरिष्ठ साहित्यकार होमनाथ सुबेदी तथा केन्द्रिय कार्यसमितीका अध्यक्ष श्रीमती गीता खत्रीको पनि उपस्थिति रहेको थियो l

नया कार्यकारी समितिमा अध्यक्ष पदम विश्वकर्माअमेरिका, बरिष्ठ उपाध्यक्ष– राधेश्याम लेकालीनेपाल, उत्तर तथा दक्षिण अमेरिकाक्षेत्रीय उपाध्यक्षराम खत्रीअमेरिका,एशियाका क्षेत्रीय उपाध्यक्ष प्रकाश पौडेल माइलाजापान, युरोपका क्षेत्रीय उपाध्यक्ष सुमलकुमार गुरुङबेलायत,अष्ट्रेलियाका क्षेत्रीय उपाध्यक्ष भिमसेन सापकोटा, अष्टेलिया,महासचिव– गोबर्धन पुजाअमेरिका, सचिव प्रकाश नेपाल, अमेरिका तथा कोषाध्यक्ष–गीता पन्थले सपथ लिएका थिए l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment