Comments Add Comment

अनुगमनको नाममा त्रास नफैलाउन व्यवसायीको आग्रह

Market

१५ साउन, काठमाडौं । ललितपुरका उद्योगी-व्यवसायीहरुले अनुगमनको नाममा त्रास नफैलाउन सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता अधिकारका लागि बजार अनुगमन आवश्यक रहेपनि साना व्यापारीलाई मर्का पर्ने गरी अनुगमन गर्न नहुनेमा उनीहरुले जोड दिए ।

ललितपुुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशीले अनुगमनको नाममा अहिले साना व्यापारीमाथि त्रास सृजना गर्ने काम भइरहेको आरोप लगाएका छन् । ललितपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुगमनलाई प्रभावकारी बनाउन संघले निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै यसको गलत फाइदा उठाउन कसैलाई पनि छुट दिन नहुनेमा जोड  दिए ।

केही दिन अगाडी ललितपुरमा भएको अनुगमनबारे गलत व्याख्या भएको दाबी गर्दै अध्यक्ष जोशीले यसले समग्र व्यापार व्यवसायलाई नै नकारात्मक असर पारेको गुनासो गरे । यस्तो रवैयाले साना व्यापारीलाई फुटपाथमा पुर्‍याउने उनले ठोकुवा समेत गरेका छन् ।

वाणिज्य तथा आपूर्ति व्यवस्थानपन विभागको नेतृत्वमा विभिन्न उपभोक्तावादी संस्था, प्रहरी लगायतको सहभागितामा ललितपुरको कुमारीपाटी, माहापालमा छुट्टा-छुट्टै दुई दिन अनुगमन भएको थियो । अनुगमनको क्रममा अनुमगनकारी आफैं घुस लिँदै भन्ने समाचारले पूरै व्याापरिक जगतमा नकारात्मक असर पारेको अध्यक्ष जोशीको भनाई थियो ।

ललितपुर तयारी पोशाक व्यापार संघका संस्थापक अध्यक्ष पुष्परत्न शाक्यले कसैलाई जानाजान दुःख दिने नियतले अनुगमनलाई अगाडी बठाउन नहुनेमा जोड दिए । राष्टिय उपभोक्ता मञ्च ललितपुरका सदस्य रवि खनालले अनुगमनमा सहभागी मञ्चका ललिपतुर उपाध्यक्ष बाबुराजा महर्जनले घुस खान खोजेको भन्दै प्रकाशित समाचारले संस्थाको छविमै नकारात्मक प्रभाव पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment