Comments Add Comment

प्रचण्डनिवासमा एमाओवादीको बैठक, पीटीए गर्ने सहमति

१५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समितिले भारतसँग उर्जा ब्यापार सम्झौता (पीटीए) गर्न सैद्धान्तिक सहमति जनाएको छ ।
prachanda-प्रचण्डनिवास लाजिम्पाटमा विहीबार विहानै बसेको एमाओवादी स्थायी कमिटीका सदस्य एवं उर्जा विभागका नेताहरुको संयुक्त बैठकले पीटीए गर्न सकिने निश्कर्ष निकालेको हो । बैठकले भारतसँग उर्जा व्यापार सम्झौता गरी लगानीको वातावरण बनाउने ठहर गरेको स्रोतले बतायो ।
बैठकमा एमाओवादी उपाध्यक्ष एवं तीन दलीय कार्यदलका सदस्य नारायणकाजी श्रेष्ठले उर्जा ब्यापार सम्झौताको तयारीबारे ब्रिफिङ गरेका थिए । श्रेष्ठको ब्रिफिङपछि बैठकले जलविद्युत आयोजनालाई अलग गरेर विद्युत व्यापार सम्झौतामात्रै गर्दा फरक नपर्ने निश्कर्ष निकालेको स्रोतले बतायो ।
‘हामीलाई सुझाव दिन बोलाइएको थियो, हामीले सुझाव दियौं, एमाओवादी नेता देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने- ‘नेपालको हितलाई असर नपर्ने गरी सम्झौता गर्नुपर्छ भन्ने हामीले नेतृत्वलाई सुझाव दियौं ।’
माथिल्लो कर्णाली परियोजनामा विषयमा भने कुनै ठोस निर्णय एमाओवादी बैठकले ननिकालेको बुझिएको छ । ‘त्यो प्राइभेट कम्पनीसँग सम्झौता भइसकेको परियोजना भएकाले मोदीको भ्रमणकै बेला केही गर्नुपर्छ भन्ने छैन’ बैठकपछि एमाओवादी नेताले अनलाइनखबरसँग भने- ‘मोदीको भ्रमणका बेला के माग्ने भन्ने बारेमा पनि हामीलाई रुची छैन । माग्नेभन्दा पनि हामीले लगानी भित्र्याउने कुरा गुर्नपर्छ ।’
पार्टीको बैठकले सझौता गर्न सकिने अनुमति दिएपछि सर्वदलीय बैठकमा भाग लिन पार्टी अध्यक्ष प्रचण्ड बालुवाटार गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment