Comments Add Comment

वीर अस्पतालमा अख्तियारको छापा

Bir-hospital-(1)१५ साउन, काठमाडौं । आवासीय चिकित्सकहरुको आन्दोलनका कारण आफैं बिरामी परेको देशकै सबैभन्दा ठूलो र पूरानो वीर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा पारेको छ । अस्पतालभित्र आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले छापा मारेको हो ।

अस्पतालमा आन्दोलन चर्किएर हजारौं विरामीहरु अलपत्र परेका बेला अख्तियारले चासो दिएको स्रोतले जनाएको छ । अख्तियारको टोलीले वीर अस्पतालका पदाधिकारी र अान्दोलनरत चिकित्सकहरूसँग अलग अलग छलफल गरेको छ । वीरमा आर्थिक अनियमितता र भ्रष्टाचारको उजुरीसमेत परेकाले अख्तियार सक्रिय भएको हो । उजुरी परेका सम्बद्ध शाखाबाट आवश्यक कागजात तथा फाइलहरु बारेमा समेत अख्तियारले सोधपुछ गरेको छ ।

विगत ५ दिनदेखि वीर अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । आन्दोलनका कारण अस्पतालमा दिनहुँ उपचारका लागि जाने हजारौं गरीव जनताको बिचल्ली भएको छ भने अस्पतालमा भर्ना भएका बिरामीहरुलाई समेत बाहिर लखेटिएको छ ।

डाक्टरको आन्दोलनले बिरामीलाई मर्का

वीर अस्पतालका आवासीय चिकित्सकहरुले चारबुँदे माग राख्ने ५ दिनदेखि आन्दोलन थालेका हुन् । वीर अस्पतालमा पदपूर्ति नभएका भिसी, रेक्टर र रजिष्ट्रारको पदपूर्ति गर्न माग गर्दै आन्दोलन थालेका हुन् । चिकित्सकहरुले वीर अस्पतालमा सिटी स्क्यान र सि-आर्म जस्ता मेशीनहरुको पनि तत्काल व्यवस्था गरेर सुचारु गरिनुपर्ने माग गरेका छन् ।

त्यसैगरी दीक्षान्त समारोह तत्काल तोक्न पनि उनीहरुले माग गरेका छन् । आवासीय चिकित्सकहरुले आफूहरुको आवासै नभएको बताउँदै राति ड्युटी गर्दा समस्या भएको बताएका छन् । चिकित्सकहरुले आफूहरुलाई आवास नबनाइदिएकाले राति ड्यूटी गर्नै कठिन भएको तर्क गर्दै आएका छन् ।

अस्पतालमा सिटी स्क्यान नहुँदा विरामीले हुर्मत व्यहोर्नुपरेको आवासीय चिकित्सक लक्षमण बास्कोटाले बताए । ‘यहाँको सिटी विग्रेको भन्दै हाम्रै साथीहरुले विरामीलाई निजी क्लिनीकमा पठउने काम भएको छ’, डा. बास्कोटाले भने, ‘यहाँ सिआर्म हुनुपर्‍यो । अर्थोसेन्टर भएकाले डिजीटल एक्सरे सुविधा चाहिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment