Comments Add Comment

बौद्ध धर्म गुरु रिम्पोचेको रानीवनमा अन्त्येष्ठि

१५ साउन, काठमाडौं । वौद्ध धर्मगुरु श्यामार्पा कुनसिं रिम्पोचेको काठमाडौंको रानीवनस्थि स्यारभन गुम्बामा बिहीबार दिउँसो अन्त्येष्ठि गरिएको छ । १४ औं दिवंगत धर्मगुरु रिम्पोचेको शवलाई अन्तिम श्रद्धाञ्जली दिएपछि विहीबार मध्यान्ह गुम्वा परिसरमै अग्निदाह गरिएको हो ।

Rimpoche bybyeरिम्पोचेको पार्थिव शरीरमा सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले खादा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए । रिम्पोचेको अन्त्येष्ठिका क्रममा रानीवनमा उपस्थित उनका हजारौं अनुयायी भावविहृवल भए ।

रिम्पोचेले आफ्नो अन्तिम संस्कार नेपालमै हुनुपर्ने इच्छा देखाएका थिए । उनको इच्छा पूरा गराउन उनका अनुयायीहरुले सरकारसँग माग गरेका थिए । नेपाल सरकारले सुरुमा उनका सम्बन्ध तिब्बतीय धार्मिक नेता दलाई लामासँग जोडिएको आशंका शव ल्याउन दिएको थिएन । नेपाली सेनाले छानविन गरेर उनी विशुद्ध धर्म गुरु रहेको प्रतिवेदन दिएपछि भने प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि रिम्पोचेको शव नेपाल ल्याइएको हो ।

धार्मिक शिक्षा दिने क्रममा युरोपमा रहेका रिम्पोचेको ६२ वर्षको उमेरमा गत जेठ २८ गते हृदयघातका कारण जर्मनीमा मृत्यु भएको थियो । युरोपमा मृत्यु भएपछि नेपालमा विदेशीको शव ल्याउने कानुनी व्यवस्था नभएको भन्दै सरकारले अनुमति नदिएपछि रिम्पोचेको शव करिब डेढ महिना विदेशमै रोकिएको थियो । उनको शव भुटान हुँदै नेपाल ल्याइपुर्‍याइएको हो ।

रिम्पोचेको अन्तिम विदाइमा सहभागी हुन नेपाल, भारत र भुटानबाट उनका हजारौं अनुयायी रानीवन पुगेका छन् । रानीवनस्थित स्यारभन गुम्बाका सदस्य दावा साङ्वो हृयुलमोपाले करिब २ लाख जना अनुयायीले रिम्पोछेको पार्थिव शरीर दर्शन गरेको बताए ।

भुटानमा जन्मेका रिम्पोचेले नेपाललाई मुख्य कर्मथलो बनाएका थिए । उनले नेपाल, भारत र भुटान र युरोपसम्मका देशमा करिब ९ सयवटा बौद्ध धर्म अध्ययन केन्द्र खोलेका थिए । ती अध्ययन केन्द्रमध्ये रानीवनको गुम्वालाई प्रमुख मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment