Comments Add Comment

लेखा समितिको सभापतिमा जनार्दन शर्मा निर्वाचित

१५ साउन, काठमाडौं । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा एमाओवादी सभासद जनार्दन शर्मा निर्विरोध निर्वाचित हुने भएका छन् ।

janardan sharma

संसदको शक्तिशाली समिति लेखाको सभापतिका लागि शर्माको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।

उम्मेदवारीका लागि संसद सचिवालयले बिहीबार साँझ ५ बजेसम्मको समय तोकेको थियो । शर्माको प्रस्तावकमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा एमाओवादीका डोरप्रसाद उपाध्याय छन् ।
शुक्रबार बिहान ११ बजे हुने निर्वाचनले शर्मालार्इऔपचारिक रुपमा सभापति चयन गर्नेछ ।

लेखा समितिको सभापति सामान्यतः प्रमुख विपक्षी दललाई दिने प्रचलन रहेकाले कांग्रेस र एमालेले दावी नगर्ने सहमति भएको छ ।

मिनी संसद भनिने संसदीय समितिहरु अहिलेसम्म पनि नेतृत्वविहीन भएकाले सभामुख सुवास नेम्वाङले दलका नेताहरुसाग असन्तुष्टि जनाउादै लेखा समितिको सभापतिको निर्वाचन आफैं तोकेका थिए । उनले अन्य समितिका सभापतिको निर्वाचन पनि तोक्ने बताएका छन् ।

सभामुखको तयारीपछि सत्तारूढ कांग्रेस र एमालेले बाँकी १० समिति र दुर्इ विशेष समितिमा भागवण्डा गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment