Comments Add Comment

दुईवटा विकास बैंकको नाफा बढ्यो

१५ साउन काठमाडौं । सेवा विकास बैंक र वेस्टर्न डेभलपमेन्ट बैंकले पछिल्लो आर्थिक वर्ष राम्रो आम्दानी गरेको दाबी गरेका छन् ।
सेवा विकास बैंकले ७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष बैंकको यस्तो नाफा ३ करोड ३९ लाख रुपैयाँ थियो । बैंकको व्याज आम्दानी बढेपछि नाफा बढेको जनाइएको छ ।
अघिल्लो वर्ष ८ करोड ६७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत वर्ष १५ करोड २७ लाख रुपैयाँ ब्याजबाट आम्दानी गरेको असार मसान्तको वित्तीय विवरणमा उल्लेख छ ।
गत वर्ष बैंकले ३ अर्ब ७ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २७ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्ष २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ निक्षेप र दुई अर्ब ९ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
यस अवधिमा बैंकको खराब कर्जा कूल कर्जाको ०.१९ प्रतिशत रहेको छ । बैंकको चुक्त पुँजी दुई करोड रुपैयाँले बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

वेस्टर्नको नाफा २ करोड माथि
त्यसैगरी वेस्टर्न डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा २ करोड ८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ करोड ३० लाख ७५ हजार रुपैयाँ कमाएको थियो ।
यस अवधिमा बैंकको व्याज आम्दानी करिब एक करोड रुपैयाँले बढेपछि नाफा वृद्धि भएको हो । अघिल्लो वर्ष २ करोड ६१ ल्ाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत वर्ष ३ करोड १९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको आज प्रकाशित गत २०७०/०७१ को वित्तीय विवरणमा उल्लेख छ ।
बैंकले गत वर्ष १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८६ करोड १६ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले ९५ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६४ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्ष १.५७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.९७ प्रतिशतमा खुम्चिएको छ । बैंकको चुक्ता पुँजी १० करोड ९० लाख रुपैयाँ रहेको  बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment