Comments Add Comment

डीआइजी गोपाल भण्डारीलाई निलम्बन गर्न निर्देशन

gopal bhandari१५ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) गोपाल भण्डारीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । डीआइजी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख हुँदा घुस लिएको आरोप लगाउँदै अख्तियारले निलम्बनको निर्देशन दिएको हो ।

भण्डारीमाथि घुस लिएको उजुरीमाथि छानबीन गर्दा पुष्टि हुन आएकाले उनलाई पदमा बहाल राख्दा प्रमाण नष्ट गर्न सक्ने भएकाले निलम्बन गर्न भनिएको अख्तियार स्रोतले जनाएको छ ।

भण्डारीले ९ लाख भारतीय रुपैयाँसहित विभिन्न इलेक्ट्रोनिक सामाग्री घुस लिएको उजुरी परेको अख्तियार स्रोतले जनाएको छ । भण्डारी हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment