Comments Add Comment

म्याग्दीमा ‘समान ज्याला गाउँ’ घोषणा

१५ साउन, म्याग्दी । महिला र पुरुषबीच हुने सामाजिक विभेद अन्त्य गर्न म्याग्दीको एक गाउाका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् ।

सार्वजनिक काममा महिलालाई फिर्ता गराउने, पारिश्रमिक दिादा विभेद गर्नेजस्ता क्रियाकलाप अन्त्य गर्न गौश्वारा गाउाका महिलाले आफ्नो गाउँलाई समान ज्याला गाउा घोषणा गरेका हुन् ।

समान काम गरेर सााझ घर र्फकंदा पुरुषले ५ सय रुपैयाँ र आफूले ३ सय रुपैयाँ ज्याला पाउँदा महिला दुःखी थिए । समान ज्याला गाउँ घोषणापछि पुरुषजति नै ज्याला बुझ्दा उनीहरु हषिर्त छन् ।

केही दिनअघि जमुना निउरेको नेतृत्वमा महिलाले समिति गठन गरेर गाउालाई समान ज्याला गाउँ घोषणा गरेका हुन् । स्थानीय शिक्षक तुलप्रसाद शर्माका अनुसार महिला र पुरुष दुवैको एक दिनको पारिश्रमिक ५ सय रुपैयाँ तोकिएको छ । यो ज्याला कृषि क्षेत्रमा गर्ने कामका लागिमात्र भएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment