Comments Add Comment

कम्प्युटर अपरेटरले घुस माग्दा सेवाग्राही हैरान

१५ साउन, महोत्तरी । जिल्ला मालपोत कार्यालय महोत्तरीमा करारमा कार्यरत दुईजना कम्प्युटर अपरेटरले खुलेआम घुस माग्दा सेवाग्राही हैरान भएका छन् । कार्यालयका कम्प्युटर अपरेटरद्वय दिलीप साह र शिवनाथ साहले लेखापढी कानुन व्यवसायी र सेवाग्राहीसँग ठाडै घुस मागेर हैरान पारेको पीडितहरुले बताएका छन् ।

Ghusमालपोत महोत्तरीमा कम्प्युटरबाट मोठ भिडाउनुपर्ने र जग्गाको लालपुर्जासमेत कम्प्युटरबाट बनाउनुपर्ने नियम लागू गरेपछि दुवै कम्प्युटर अपरेटरले घुस नलिई कामै नगरेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन महोत्तरीका पूर्व अध्यक्ष रामप्रसाद सिंहले बताए ।

दैनिक ७० देखि एक सयवटासम्म जग्गा रजिस्ट्रेसन हुने सो कार्यालयमा अपरेटरद्वयले प्रत्येक व्यक्तिसँग मोठ भिडाउने र अन्य कामका लागि ५० देखि र २ सय रुपैयाँसम्म घुस लिने गरेको लेखापढी व्यवसायी ललनकुमार दत्तले बताए ।

मोठ भिडाउने क्रममा घुस नदिने लेखा व्यवसायी वा सेवाग्राहीको मोठमा गडबडी देखाइ फकाई कार्यालयकै काम प्रभावित बनाइदिने गरेको लेखापढी व्यवसायी वीरेन्द्र कर्णले बताए ।

दुबैले सदरमुकाम जलेश्वरको कुनै जग्गा पास भएमा लालपुर्जा बनाउँदा प्रतिलालपुर्जा एक सय ५० देखि तीन सय रुपैयाँसम्म लिने गरेको एसोसिएसनका सचिव रवीन्द्र भगतले बताए ।

घुसको मारमा परेका सेवाग्राही वा लेखापढी व्यवसायीले कार्यालय प्रमुख र अन्य कर्मचारीसँग दुवैको कर्तुतबारे गुनासो गर्दा पनि उनीहरुले कसैलाई नटेरेको एक कर्मचारीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment