Comments Add Comment

नेप्सेमा ५६ करोड ८२ लाखको सेयर किनबेच

१५ साउन काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार  १ सय ५३ कम्पनीका २४ लाख १७ हजार कित्ता सेयर ५६ करोड ८२ लाख रुपैयाँमा किनबेच भएका छन् ।

साताको सुरुवातदेखि नै घट्दै आएको नेप्से अन्तिम दिन बिहीबार भने ३.६५ अंकले बढेर परिसूचक एक हजार ६६.०९ अंकमा पुगेको छ । वाणिज्य बैंक, होटल, जलविद्युत, बीमा र अन्य समूहका सूचक बढेपछि नेप्से सामान्य बढेको हो ।

बिहीबारको कारोबारमा जलविद्युत र बीमाको सेयरमा लगानीकर्ताहरु बढी आकषिर्त भएका छन् । जलविद्युत समुहको सूचक ५६.८ अंकले र बीमा समूहको सूचक ४२.६३ अंकले बढेका छन् । त्यसैगरी नेप्सेमा दुइतिहाइ हिस्सा रहेको वाणिज्य बैंक समूहको सूचक भने झिनो अर्थात ०.८१ अंक ले बढेको छ  भने होटल समूहको सूचक ३.४३ अंकले र अन्य समूहको ७.०५ अंकले बढे ।

बिहीबारको विकास बैंक, फाइनान्स कम्पनी र उत्पादनमुलक समूहले लगानीकर्ता आकषिर्त गर्न सकेनन् । विकास बैंक समूहको सूचक १.७१ ऋंकले घट्यो भने फाइनान्सको ३.५५ अंकले र उत्पादनमुलक समूहको सूचक १५.१६ अंकले घट्यो ।

कसले कमाए, कसले गुमाए ?

बिहीबारको कारोबारबाट मेट्रो डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, हामा मर्चेन्ट फाइनान्स,  ललितपुर फाइनान्स र सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर मुल्य ८.६६ प्रतिशतले बढेको छ भने बाँकी चारवटै कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यसैगरी युनाइटेड फाइनान्स, नयाँ नेपाल लघुवित्त विकास बैंक, शिखर फाइनान्स, पूणिर्मा विकास बैंक र ग्रान्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । युनाइटेड फाइनान्सको सेयर मुल्य ५.७७ प्रतिशतले घटेको छ भने बाँकी चार संस्थाको सेयर मुल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment