Comments Add Comment

पर्सामा ट्रकबाट ठूलो परिमाणमा चरेश बरामद

 क्रान्ति शाह

१५ साउन, वीरगन्ज । वीरगन्ज-पथलैया सडकखण्ड अन्तर्गत पर्साको लिपनीविर्ताबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी निरीक्षक बरुण बहादुर सिंहको नेतृत्वमा खटिएको टोलीले दुई सय ७० केजी चरेशसहित पक्राउ गरेको हो ।

मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ९१५० नम्बरको ट्रक जाँच्ने क्रममा चालकको क्याबिन भित्रबाट प्लाष्टिक र बोरामा राखिएको चरेश बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा ट्रकचालक मकवानपुको मनहरी निवासी २५ वर्षीय अमेद कुमार बिश्वकर्मा, ट्रकमा सवार  महनरीकै १७ वर्षीय बिजय तामाङ र चितवनको भरतपुर नगरपालिका-१० निवासी २५ वर्षीय रामबहादुर तामाङ छन् ।

चरेश र ट्रकसहित पक्राउ तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मकवानपुरबाट चरेश भारत लैजाँदै गरेको अवस्थामा उनीहरुलाई गएराति लिपनीवर्ताबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । चरेशसहित पक्राउलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment