Comments Add Comment

जीवनले यसरी खोजे ‘लीला’, भन्छन्-‘शीशा’ले दर्शकलाई सन्तुष्टी दिन्छ’

jiwan-barsa-hot
नायक जीवन लुइटेलले फरक तबरले आफ्नी नायिकाको खोजी गर्दा काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलन रोचक देखियो । नन स्टप क्रियशन प्रालीको ब्यानरमा तयार भएको चलचित्र ‘शीशा’को पत्रकार सम्मेलनमा जीवनले राम बन्दै लीलाको खोजी गरेका हुन् ।

आर.बी.के ‘शरद’को निर्देशनमा तयार भएको चलचित्र ‘शीशा’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी रहेको चलचित्रमा जीवन लुइटेल, रागिनी खड्गी, उमा वेवी, शर्मिला मल्ल, निर्मल सेन्चुरी, दिपेश भण्डारी, वी.एस.राण लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा लक्की सिटौला र मनोज सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व, कमल राई र दिनेश अधिकारीको नृत्य, रामकुमार केसी र कुमार वखतीको छायांकन, कृष्ण पौडेलको मुख्य सहायक निर्देशन छ । कार्यक्रममा बोल्दै नायक जीवन लुइटेलले ‘शीशा’ चम्किलो रहेको बताए । उनले चलचित्रको गीत, कथा, थ्रिलर र एक्सनका कारणले पनि यो सिनेमा विशेष बनेको बताए । कार्यक्रममा बोल्दै निर्देशक ‘शरद’ले यो चलचित्र बनाउँदा दुख पाएपनि राम्रो बनेकाले सन्तुष्ट रहेको बताए ।sisa-pressmett

यसैविच, कार्यक्रममा चलचित्र ‘रामलीला’को पनि घोषणा गरियो । आर.वी.के ‘शरद’कै निर्देशनमा बन्न लागेको यो सिनेमाका लागि नायक जीवन लुइटेल र कलाकार बर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछ । कार्यक्रममा नायक जीवन लुइटेलले नायिका सिवाकोटीलाई पत्रकारहरु बसेको स्थानबाट खोजेर ल्याएका थिए । चलचित्रमा लीलाको भूमिका निर्वाहा गर्न लागेकी नायिका सिवाकोटीले कथावस्तु मन परेर काम गर्न लागेको बताइन् । चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।jiwan-and-barsa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment