Comments Add Comment

डिस होमको एक हप्ते निःशुल्क सर्भिस क्याम्प

Dish-HOme

१५ साउन, काठमाडौं । डिस होमले आफ्नो सेवा विस्तार गर्ने योजनाअनुरुप काठमाडौं उपत्यकामा सप्ताहव्यापी निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । यस अवधिभर कम्पनीले सेट अप बक्स बाहेकका समानमा २५ प्रतिशत छुट दिनुका साथै प्राविधिकहरु ग्राहकको घरमा पुगि मर्मत गरिदिनेछन् ।

यस योजनामा भाग लिनका लागि ग्राहकहरुले आफ्नो मोबाइलको म्यासेज बक्समा गई सर्भिस टाइप गरेर ९८१३५९९९६४ मा म्यासेज पठाउनुपर्ने डिस होमले जनाएको छ । यो योजना साउन १६ गतेदेखि लागु हुने बताइएको छ ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएस सेवा प्रदायक डिस होमले विगत ४ बर्षदेखि नेपालभर ३ लाख ७० हजार ग्राहकलार्इ सेवा प्रदान गर्दै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि वीना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।

सिधै स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको साउण्ड र दृश्य दुबै गुणस्तरीय रहेको कम्पनीको दाबी छ । हालसालै डिस होमले आफ्नो सेवामा सोनी सिक्स एचडी, डिस्कोभरी एचडी, कलर्स एचडी, टेन एचडी र एचबीओ एचडीजस्ता हाइ डेफिनेसन च्यानल प्रसारण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment