Comments Add Comment

६५ वर्ष पुग्यो १९५० को सन्धि ! खारेज गर्ने कि संशोधन ?

Laxman, lilamani and buddi narayan१५ साउन, काठमाडौं । नेपाल-भारतवीच सन् १९५० मा शान्ति तथा मैत्री सन्धि भएको आज ६४ वर्ष पूरा भएर ६५ वर्ष लागेको छ । आजकै दिन अर्थात् १९५० जुलाई ३१ मा नेपालका तत्कालीन प्रधानमन्त्री मोहनसमशेरले यो सन्धीमा भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंहसँग हस्ताक्षर गरेका थिए ।
नेपाल-भारतवीच सम्पन्न यो सन्धि असमान रहेको र यसले नेपालको सार्वभौमिकता कुण्ठित गरिएको गुनासो दशकौंदेखि हुँदै आए पनि यसै साता सम्पन्न विदेशमन्त्रीस्तरीय बैठकमा बल्ल भारतले यसलाई पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति जनाएको छ ।
नेपालका नेताहरु यो सन्धि खारेज गर्ने कि संशोधन गर्ने भन्नेमा एकमत छैनन् । संशोधन गर्नुपर्छ भन्नेहरुले पनि कुन-कुन बुँदामा संशोधन वा पुनरावलोकन गर्नुपर्ने हो, त्यसको मस्यौदा तयार पार्न सकेका छैनन् ।
खारेजै गर्नुपर्छ, अर्को चाहिँदैन : एमाओवादी
एकीकृत नेकपा माओवादीका नेता लीलामणि पोख्रेल विद्यार्थी कालदेखि नै १९५० को सन्धिको विरोधमा आवाज उठाउँदै आएका व्यक्ति हुन् । उनी १९५० को सन्धि पुनरावलोकन हैन, खारेजै गर्नुपर्ने बताउँछन् । यसको साटो अर्को कुनै पनि सन्धि गरिरहनु नपर्ने पोखरेलको तर्क छ ।

यो सन्धि चाहिँदैन, खारेज गरेपछि अर्को सन्धि आवश्यक छैन- लीलामणि पाेख्रेल

यो पनि पढ्नुस् : १९५० को सन्धि खारेज गरेपछि अर्को चाहिँदैन

‘यो सन्धि रहिरहे हामीलाई घाटा छ, नभए केही घाटा छैन, १९५० को सन्धिबारे अनलाइनखबरले चलाएको राउन्ड टेबल बहसमा पोखरेलले भने- यो सन्धि हामीलाई चाहिँदैन, खारेज गरेपछि तत्काल अर्को यस्तै सन्धि आवश्यक छैन । चाहिएछ भने कुन विषयमा गर्ने हो, त्यसबारे छुट्टा-छुट्टै गर्न सकिन्छ ।’

पुनरावलोकन गर्नुपर्छ : कांग्रेस

नेपाली कांग्रेसका नेता तथा पूर्वजलस्रोत मन्त्री लक्ष्मण घिमिरेले १९५० को सन्धि पुनरावलोकन गर्ने कि खारेज गर्ने भन्नेबारे बहस गरी एउटा टुंगोमा पुग्नुपर्ने बताए ।

सन्धिको बुँदा-बुँदा केलाएर छलफल गरौं र भारतसँग टेबलमा बसौं -लक्ष्मण घिमिरे

‘१९५० को सन्धि गर्दा तत्कालीन राणा शासक मोहनसमशेरसँग गरियो, जब कि नेपाली जनता प्रजातन्त्र प्राप्तिको उत्कर्षमा थियौं,’ घिमिरे भन्छन्- ‘अब हामीले सन्धिको बुँदा-बुँदा केलाएर छलफल गरौं र विकल्पहरु तयार गरेर भारतसँग टेबलमा बसौं । तर, जे पर्छ-पर्छ,  खारेजीका लागि सूचना गरौं भन्ने पक्षमा म छैन ।’

यो पनि पढ्नुस्१९५० को सन्धि खारेज गर्दा समस्या पर्छ

प्रमुख १० वटा धारा रहेको १९५० को सन्धिले एक अर्कामाथि विदेशी आक्रमण नसहने, नेपालले हतियार खरिद गर्दा भारतको भूमिबाट गर्नुपर्ने, एक अर्काको देशमा खुल्ला आवत-जावत र व्यापार व्यवसाय गर्न पाइने, नेपालको प्राकृतिक स्रोतमा भारतीयले प्राथमिकता पाउने र दुबै देशमा सुरक्षामा प्रतिकूल प्रभाव पार्न  स्थिति देखिए एक अर्काे देशको सरकारलाई सूचित गर्ने लगायतका विषयहरु छन् । यो सन्धिको प्रमुख अंग बनेको अर्को पत्राचारले नेपालको हतियार खरिदमा भारतको प्रभावलाई स्वीकार गरेको छ ।

नेपाल-भारत सम्बन्धबारे थप सामाग्रीहरू

नेपाल भारत सीमानामा छेकबार गर्नुपर्छ

भारतसँग ‘अम्रेला एग्रिमेन्ट’ नगर्न सुझाव

बुढीगण्डकी आफैं बनाउन कम्मर कसौं !

भारतले कुखुराको खोरै उठाउन खोज्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment