Comments Add Comment

उर्जा सम्झौताको बल भारतीय कोर्टमा: मन्त्री पराजुली

काठमाडौं, साउन १५ । कृषिमन्त्री हरिप्रसाद पराजुलीले भारतसँग गर्ने भनिएको उर्जा व्यापार सम्झौता गर्न नेपाल तयार रहेको बताएका छन् ।

Hari Parajuliबिहीबार रिर्पोटर्स क्लब नेपालमा बोल्दै मन्त्री पराजुलीले भारतसँग गर्ने भनिएको उर्जा व्यापार सम्झौताको सम्पूर्ण तयारी सरकारले पूरा गरिसकेको बताएका छन् । ‘सरकारले आफ्नो तयारी पूरा गरिसकेको छ, हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा उहाँको उपस्थितिमा नै यो सम्झौता गर्न चाहन्छौं’, मन्त्री पराजुलीले भने, ‘तर सम्झौता गर्ने वा नगर्ने भन्नेबारे बल यतिबेला भारतको कोर्टमा छ ।’

मन्त्री पराजुलीले नेपाल-भारतवीचको सम्बन्ध बदलिएको बताउँदै नेपालको आर्थिक विकास गर्न कृषि क्रान्ति आवाश्यक रहेको जिकिर गरे । ‘हामीले नेपालको कृषि क्रान्ति विना आर्थिक विकास हुनै सक्दैन भनिरहेका छौं । तर यसको आधार अहिलेसम्म तयार गर्न सकेका छैनौं’, उनले भने, ‘नेपाली किसानहरुको जीवनस्तर उकास्न कृषि प्रणालीमा आधुनिकिकरणको आवाश्यकत्ता छ, छिमेकी राष्ट्रले कृषि विकासमा अपनाएका आधुनिक प्रविधिको प्रयोग यहाँ पनि गर्नुपर्छ ।’

उनले काठमाडौंमा सम्पन्न नेपाल-भारत संयुक्त उच्च आयोगको बैठकमा पनि सम्भााव्यताबारे छलफल भएको बताउँदै मोदीको भ्रमणमा दुई देशवीच कृषि सम्बन्धी सहकार्यमा जोड दिने बताए । ‘हामीसँग कृषिको ठूलो उत्पादन छ, तर यो उत्पादन छिमेकी राष्ट्र भारतसम्म पुर्‍याउन पनि सकेका छैनौं’, मन्त्री पराजुलीले भने, ‘नेपलाी उत्पादन भारत पुर्‍याउन नाकामा जोडिएका चेकपोष्टले समस्या छ, त्यसको समाधान बारे पनि छलफल गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment