Comments Add Comment

घाउ पाकेपछि रिहाना अस्पतालमा

आरपी सुवेदी

१५ साउन, नेपालगन्ज  । भैंसी र मोटरसाइकल दाईजो नल्याएको भन्दै चैत पहिलो साता जिउँदै जलाइएकी रिहाना शेष ढपालीको घाउ पाकेपछि उपचारको लागि पुनः अस्पताल भर्ना भएकी छन् । लामो समय काठमाडौंमा उपचार गरेर घर फर्केकी उनको खुट्टाको घाउ पाकेपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको हो ।

Rihana Hospitliseबाँकेको हिरमिनियाँमा माईती भएकी रिहानाको लक्ष्मणपुर गाविसमा विवाह भएको थियो । ८ महिनाकी गर्भवती रिहानालाई गत चैत ३ गते घरैमा दाइजोको विवाद झिकेर पति फरिदले कम्मर भन्दा तलको भागमा मट्टीतेल छर्केर आगो लगाएका थिए ।

भारतको बहराईच हुँदै मध्यबैशाखमा भेरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएकी रिहानाले उपचारकै क्रममा अस्पतालमै जन्माएको शिशुको भने मृत्यु भएको थियो । भेरी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि प्रशासन, महिला विकास कार्यालय, इन्सेक र वर्नस भोईलेन्स सर्भाइवर्सको आर्थिक सहयोगमा रिहानाको लामो काठमाडौंको वीर अस्पतालमा उपचार भएको थियो ।

केही हप्ताअघि वीर अस्पतालबाट डिस्चार्ज भई नेपालगन्ज पुगेकी रिहाना माईतीमै बस्दै आएकी थिइन । माईती आएको केही समयपछि रिहानाको खुट्टाको घाउ पाक्न थालेपछि उनलाई  उपचारको लागि भेरी अञ्चल अस्पतालमा ल्याइएको थियो । भेरी अञ्चल अस्पतालमा सम्वद्द चिकित्सक नभएकोले काठमाडौं वा नेपालगन्जमा लान आग्रह गरिएको अस्पताल स्रोतले जनायो ।

रिहानाको उपचारमा आफन्तको बेवास्ता

रिहानाको उपचारमा सघाइरहेको वीभीएसले रिहाना आफुखुसी उपचारको लागि भौतारिएको आरोप लगाएको छ । वीभीएसकी नेपालगन्ज प्रतिनिधि माया थापाले रिहाना काठमाडौंबाट डिस्चार्ज हुँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा नियमित स्वास्थ्य परीक्षण गराउने सहमति भएको थियो । तर, उनका माइतीले रिहानाको वास्ता नगर्दा घाउ पाकेर पुनः अस्पताल भर्ना गर्नुपरेको थापाले बताइन ।

रिहानाको उपचारमा भन्दा पैसाको पछि उनका आफन्त लागेकोले उनलाई शिक्षण अस्पताल कोहलपुर लैजान नमानेको सहयोगी संस्थाले जनाएका छन्  । अभिभावकले उपचार भन्दा पैसामात्रै माग्ने गरेको उपचारमा सघाइरहेका संस्थाको गुनासो छ । रिहानालाई अस्पताल ल्याउन महिला विकास कार्यालयले गाडी नदिएपछि सिवीन र इन्सेकले गाडीको व्यवस्था गरेका थिए ।

महिला तथा बालबालिका कार्यालय बाँकेकी फोकल पर्सन विन्दु कुवँरले रिहानाको निशुःल्क उपचार गराउन सहयोग जुटाएको जनाउँदै पुनःउपचारको लागि लैजान संघसंस्थासँग समन्वय गरेको गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment