Comments Add Comment

ढाड दुख्यो ? सिटामोटल खाएर काम छैन

dhadढाड तथा कम्मर दुख्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । पीडा बढ्दै गएपछि दुखाइ कम गर्न धेरैले प्यारासिटामोल जस्ता औषधि खाने गर्छन् । तर शोधकर्ताहरुले भने ढाडको दुखाइ कम गर्न खाइने प्यारासिटामोल औषधिको कुनै लाभ नपूराउने बताएका छन् ।
औषधि सम्बन्धि प्रख्यात पत्रिका ल्यासेन्टका अनुसार अहिलेसम्मकै सबैभन्दा वृहत परीक्षणबाट यस्तो निष्कर्षमा पुगिएको हो । प्रयोगबाट के पुष्टि भएको छ भने दुखाइ क मगर्न प्रयोग गरिने सिटामोलले न त अरु सामान्य प्रायोगिक औषधिको तुलनामा कम समयमा मानिसलाई फुर्ति बनाउन सक्छ, न त यसले दुखाइ कम गर्न सहयोग पूराउँछ ।
शोधकर्ताहरुले अस्ट्रेलियाको प्राथमिक चिकित्सा केन्द्रमा १६ सय ५० भन्दा बढि यस्ता मानिसहरुको अध्ययन गरे जसमा ६ हप्ता वा त्यो भन्दा कम समयदेखि ठाड दुख्ने समस्या छ ।
ती मध्ये एक तिहाइले नियमित रुपमा प्यारासिटामोल दिइयो । अरु एक तिहाइलाई बढि दुख्न थालेपछि मात्र सिटामोल दिइयो भने बाँकीलाई सिटामोलको साटो एक महिनासम्म अन्य प्रायोगिक औषधि दिइयो ।
यसबाट के पाइयो भने प्यारासिटामोलले न त दुखाइ क मगर्न सक्यो, न त सिटामोल खानेमा मज्जाको निद्रा नै पर्यो ।
युनिभर्सिटी अफ सिड्नीका प्रमुख शोधकर्ता कि्रस्टोफर विलियम्सका अनुसार विश्वमा प्यारासिटामोललाई रोगको उपचारमा दिइने प्राथमिकतामा पुनर्विचार गर्नु आवश्यक छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment