Comments Add Comment

वीरमा अत्यावश्यकीय उपकरण उपलब्ध गराउन अख्तियारको निर्देशन

१५ साउन काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीर अस्पतालका आवासीय चिकित्सकहरूलार्इ आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । अख्तियारले सिटी स्क्यान लगायत अत्यावश्यकीय उपकरणहरु उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई लेखी पठाएको छ ।

आन्दोलनरत आवासीय चिकित्सक तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीहरुलार्इ बोलाएर अख्तियारले आन्दोलनरत चिकित्सकहरूको जायज मागहरु यथाशिघ्र सम्बोधन गर्ने सन्दर्भमा रिक्त रहेका उपकुलपति, शिक्षाध्यक्ष लगायत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीहरूको नियुक्ति यथाशिघ्र गर्न प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपतिलाई अनुरोध गरी लेखी पठाएको छ ।

वीर अस्पतालमा सिटी स्क्यान लगायत अत्यावश्कीय उपकरणहरु यथाशिघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानलाई लेखी पठाइएको अख्तियारले जनाएको छ । साथै आन्दोलनरत पक्षलार्इ आन्दोलन फिर्ता लिइ अस्पतालको नियमित कामकाजमा फर्कन आग्रह गरेको छ ।

साथै अस्पतालहरूमा कार्यरत चिकित्सक एवं कर्मचारीहरूले अनिवार्य रूपमा तोकिएको समयावधिसम्म अस्पतालमा रही कामकाज गर्नुपर्ने र सम्बन्धित निकाय तथा पदाधिकारीहरूले अनिवार्य रूपमा अनुगमन गर्ने व्यवस्था मिलाउन भनिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment