Comments Add Comment

किष्ट बैंक र प्रभुलाई मर्जको अन्तिम स्वीकृति

 

kist-prabhu-bank1

१६ साउन, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले किष्ट बैंक लिमिटेड र प्रभु बिकाश बैंकलाई आपसमा गाभिन अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले दुबै संस्थाको निवेदनका आधारमा उनीहरुलाई गाभिन स्वीकृति दिने निर्णय गरेको हो ।

दुबै संस्था गाभिएपछि प्रभु बैंक लिमिटेडका नामबाट एकीकृत कारोबार गर्नेछन् । दुबै संस्थाले असार मसान्तदेखि एकीकृत कारोबार गर्ने गरी राष्ट्र बैंकमा निवेदन दिएको भए पनि स्वीकृतिमा केही ढिलाइ भएको हो ।

त्यसैगरी प्रभू विकास बैंकले बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्ससहित मजर्र किष्ट बैंकको मर्जरका लागि स्वीकृति पाएको हो । अन्तिम स्वीकृति पाएपछि आगामी १५ दिनभित्र एकीकृत कारोबार गर्ने गरी मर्जको तयारी भइरहेको दुबै बैंकनिकट स्रोतले जानकारी दिएका छन् । यसअघि नै प्रभु समूहले किष्ट बैंकको व्यवस्थापन सम्हालेर मर्जर प्रकृया थालनी गरेको थियो ।

नयाँ बैंकको चुक्ता पुँजी ३ अर्ब ८ करोड

मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३ अर्ब ८ करोड रूपैयाँ हुनेछ । गत चैत मसान्तसम्ममा प्रभुले ७६ करोड ५९ लाख, किस्ट २ अर्ब, गौरिशंकरले २१ करोड र जेनिथ फाइनान्सले २३ करोड रुपैयाँ पुँजी चुक्ता गरिसकेका छन । तर, सेयर स्वाप गर्दा संस्थाहरूले चुक्ता गरेको पुँजी घटेको हो । सेयर स्वाप रेसियामा किष्टको १ अर्ब ८४ करोड ६२ लाख, प्रभुको ८२ करोड १८ लाख, गौरिशंकरको २२ करोड ५३ लाख र जेनिथ फाइनान्सको १९ करोड ३८ लाख रुपैयाँको चुक्ता पुँजी कायम गरिएको छ ।

कसको सेयर अनुपात कति ?

मजर्रको स्वीकृति पाएका संस्थाहरूको विषेश साधारणसभाले सेयर अनुपात स्वीकृति गरिसकेको छ । किष्ट बैंकको प्रतिसय सेयर बराबर ९७.३१, प्रभु विकास बैंकको सय सेयर बराबर १०७.३१, गौरीशंकर डेभलपमेन्ट बैंकको पनि १०७.३१ र जेनिथ फाइनान्सको प्रति सय सेयर बराबर ९२.३१ सेयर कायम गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरिसकेको छ ।

शाखा र एटीएमममा पहिलो निजी बैंक

मर्जपछि बन्ने बैंकको शाखा संख्या १ सय १२ वटा हुनेछ भने एटीएम संख्या १ सय १० वटाभन्दा बढी हुनेछन । अहिलेसम्म निजी क्षेत्रका प्रमोटरले सञ्चालन गरेको कुनै पनि बैंकका शाखा तथा एटीएम यति धेरै छैनन् । त्यसैगरी मर्जपछि बन्ने बैंकमा १२ सय कर्मचारी हुनेछन् भने ग्राहक संख्या ७ लाखभन्दा बढी रहेका छन् ।

निक्षेप, कर्जा र नाफाको अवस्था

गत चैतसम्ममा प्रभुले १० अर्ब ४८ करोड रुपैयाँ निक्षेप र ७ अर्ब २७ करोड कर्जा प्रवाह गरी ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यसैगरी किष्टले १९ अर्ब ६७ करोड निक्षेप संकलन र १४ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ । यस अविधमा बैंक २३ करोड रूपैयाँले घाटामा छ । त्यसैगरी जेनिथले १ अर्ब ७ करोड निक्षेप गरी ९० करोड कर्जा प्रवाह गरेको छ भने गौरिशंकरले १ अर्ब ३८ करोड निक्षेप संकलन गरी १ अर्ब ९ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

अध्यक्ष र व्यवस्थापन नफेरिने

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा देवीप्रकाश भट्टचनले नै नरिन्तरता पाउने छन भने विद्ममान व्यवस्थापन पनि परिवर्तन गरिने छैन । बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायब प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन नै रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment