Comments Add Comment

मोदीका लागि भारतबाट आए तीनवटा बुलेटप्रुफ गाडी

narendra-modi

१६ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबार हुने नेपाल भ्रमणका लागि सुरक्षाको अन्तिम तयारी भएको छ । उनको सुरक्षाका लागि बिहीबार तीनवटा बुलेटप्रुफ गाडिसहित ३० जना भारतीय अधिकारी काठमाडौं आइपुगेका छन् ।
विशेष विमानबाट बिहीबार बिहान बुलुट प्रुप गाडी काठमाडौं ल्याइएको हो । ती गाडीमा वरिपरि मोबाइल नेटवर्कसमेत नलाग्ने जामर प्रविधिसमेत जडान रहेको स्रोतले जनाएको छ । बमसमेत प्रतिरोध गर्ने ती गाडी लैनचारस्थित भारतीय दूतावासमा राखिएको नयाँ पत्रिकामा खबर छ । सादा पोसाकमा खटिने केही सुरक्षा अधिकारीसमेत काठमाडौं आइपुगेको सुरक्षा स्रोतले जनाएको छ ।
नेपाल सरकारले पनि उच्च किसिमको सुरक्षा प्रबन्ध मिलाएको छ । गृह मन्त्रालयको शान्ति-सुरक्षा महाशाखाका प्रमुख सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा सरकारले मोदीको सुरक्षाका लागि एक टोली गठन गरिसकेको छ । जसमा नेपाल प्रहरीका डिआईजी केदार साउद, नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी छन् । सो समितिले बुधबार बैठक बसी सुरक्षा प्रबन्धबारे छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment