Comments Add Comment

मोदीको सुरक्षा ६ घेरे !

१६ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई दिने नेपाल भ्रमणमा ६ तहको सुरक्षा दिइने भएको छ ।
पहिलो घेरामा भारतबाटै आउने मोदीका व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) सँगै नेपाली सेना नेपाल प्रहरीका पिएसओ खटाउने तयारी गरिएको स्रोतले जनाएको छ ।
पिएसओको सुरक्षा घेराबाहिर स्पेसल प्रोटेक्सन ग्रुप र एनएसजी ब्ल्याक कमान्डोको टोली रहनेछ । त्यसपछि तेस्रो तहको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइने भएको छ । विश्वस्त स्रोत अनुसार नेपाली सेनाको सुरक्षा घेराबाहिर प्रहरी र त्यसबाहिर सशस्त्र प्रहरीको घेरा रहनेछ । यी सबै घेराबाहिर नेपाली सुरक्षा संगठनका गुप्तचरसँगै भारतीय खुफिया एजेन्सीका सदस्यसमेत परिचालित हुने नागरिक दैनिकमा खबर छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मोदीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका अधिकारी खटिने जानकारी दिए । उनका अनुसार तीनै सुरक्षा संगठनले मोदीको व्यक्तिगत, निवास र सवारी आवागमन बेला कारकेडको सुरक्षा सम्हाल्नेछन् । नेपालको दुईदिने भ्रमणका क्रममा मोदी आइतबार काठमाडौं आउँदैछन् । विगत १७ वर्षमा भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment