Comments Add Comment

अन्तरजातीय विवाह गर्दा सार्वजनिक मुद्दा

bal-bibaha
१६ साउन, विराटनगर । सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइरहँदा पाँच महिनाअघि अन्तरजातीय विवाह गरेका विराटनगरका एक युवक भने त्यही कारण सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा खेपिरहेका छन् ।
विराटनगर १५ का २२ वर्षका अभिषेक आचार्यले एक दलित युवतीलाई विवाह गरेकै कारण सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा खेपिहरनुपरेको हो । अभिषेक विरुद्ध आफ्नै आमा मीन आचार्यले उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि भन्दै मुद्धा दर्ता गरेर पाँच दिनदेखि उनलाई हिरासतमा राखेको अन्नपूर्ण पोस्टमा खबर छ ।
अभिषेकले २०७० फागुन २९ गते झापा बुधबारे ७ की २२ वर्षकी सपना विश्वकर्मासँग प्रेमविवाह गरेका हुन् । उनले साथीहरुको सहयोगमा विराटनगरै कालीमन्दिरमा विवाह गरेका हुन् । छोराले अन्तरजातीय विवाह गरेपछि आचार्य परिवारमा खटपट सुरु भएको थियो । अभिषेककी आमा दलित युवतीलाई छोराबाट छुटाउनका लागि पटकपटक प्रहरी कार्यालयमा पुगेकी थिइन् । एक प्रहरीका अनुसार दलित युवती विवाह गरेको भनेर उजुरी दर्ता गर्न नमिल्ने बताएपछि छोराले आफूलाई कुटेको भन्दै उनलेउजुरी दिइन् । ‘छोराले कुटेपछि उजुरी दर्ता गर्नै पर्‍यो,’ उनले भने ।
‘अन्तरजातीय जोडी छुटाउन मीनाले लामो समयदेखि कसरत गरिरहेकी छिन्,’ छिमेकी राधा श्रेष्ठले भनिन्, ‘केही नलागेपछि र दुवैजनाले नछुट्ने भनेर अड्डी कसेपछि छोराले आफूलाई कुटेको भनेर झुटो उजुरी दिँदै छोराका विरुद्ध मुद्दा हालेर हिरासतमा राख्न लगाइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment