Comments Add Comment

१० वर्षमा विपन्नका लागि २० लाख घर बन्ने

१६ साउन, काठमाडौं । ‘सबैका लागि आवास’ को अवधारणासहित सरकारले २० लाख आवास एकाइ तयार पार्ने योजना बनाएको छ । विपन्न वर्ग र विपन्न वर्गबाहेकका लागि आगामी १० वर्षभित्र ती घर बनाइदिने योजना सरकारले बनाएको हो ।
राष्ट्रिय आवास नीति २०६८ अनुसार सहरी विकास मन्त्रालयले बनाएको योजनालाई सरकारले स्वीकृति दिइसकेको छ । योजनाअनुसार विपन्न वर्गबाहेकका लागि १६ लाख १० हजार र विपन्न वर्गका लागि तीन लाख ९० हजार आवास बनाइदिने मन्त्रालयले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।
सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवत्ता सरेशप्रकाश आचार्यले योजना सरकारबाट स्वीकृत भएको जानकारी दिए । ‘सरकारबाट स्वीकृत भएपछि योजना सफल बनाउन कार्य प्रारम्भ गरेका छौं,’ सहसचिव आचार्यले भने, ‘न्यून आय भएका वर्गलाई लक्षित गर्दै योजना अघि सारेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment