Comments Add Comment

इलामका मोहन थेवेलाई मानवअधिकार पुरस्कार

१६ साउन, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०७० सालको प्रकाश मानवअधिकार पुरस्कार इलामका मानवअधिकार संरक्षण र सम्वर्द्धनमा क्रियाशील मोहन थेवेलाई प्रदान गर्ने भएको छ ।
इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काˆलेको स्मृतिमा वि.स २०५१ मा स्थापित सो पुरस्कारको राशि सम्मानपत्रसहित ५० हजार रुपैयाँ रहेको इन्सेकले जनाएको छ ।
इन्सेकका सदस्य टीकाराम भट्टराईको संयोजकत्वमा डा. पुष्पा कर्ण र रमेशचन्द्र पौडेल सम्मिलित पुरस्कार सिफारिश समितिले थेवेलाई सो पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो । हालसम्म सो पुरस्कारबाट १९ जना मानवअधिकारकर्मी सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment