Comments Add Comment

खोलाको ढुंगा, गिट्टी झिक्न पाउनुपर्ने माग गर्दै आन्दोलन

१६ साउन, मोरङ । सरकारले चुरे संरक्षण कार्यक्रम अन्तर्गत खोलामा ढुंगा गिट्टी र बालुवा झिक्न प्रतिबन्ध लगाएपछि मोरङ ट्याक्टर ब्यवसायी संघर्ष समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

trakter

व्यवसायीले मोरङ जिल्लामा अपरान्ह ११ देखि १ बजेसम्म सडक बन्द घोषणा गरेका छन् । शनिबार झापा, मोरङ र सुनसरी जिल्लाको संयुक्त बैठक र १८ गते आइतबार दिनभर यातायात बन्द गर्ने घोषणा गरेका छन् ।
बिहिबार मोरङ पथरीमा राजनीतिक दलका मुख्य नेताहरूसँग अन्तरक्रिया कार्यक्रम र पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेका हुन् । अन्तरक्रियाका क्रममा दलका नेताहरुले ट्याक्टर ब्याबसाहीहरुलाई सहयोग गर्ने आश्वान दिएका थिए । व्यवसायीहरुले सरकारको चुरे संरक्षण कार्यक्रमले ट्याक्टर व्यवसायीहरु र मजदूरहरुको पेटमा लात हानेको आरोप लगाउदै आएका छन् ।
नरेन्द्र बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment