Comments Add Comment

गाजामा ७२ घन्टे युद्धविराम गर्ने सहमति

१६ साउन, काठमाडौं । इजरायल र हमास गाजामा ७२ घन्टे युद्धविरामका लागि सहमत भएको संयुक्त राष्ट्रसंघ र अमेरिकाले बताएका छन् ।

राष्ट्रसंघका महासचिव वान कि मुन र अमेरिकी विदेशमन्त्री जोन केरीले संयुक्त विज्ञप्ति जारी गरी मानवताका आधारमा युद्धविराम गर्ने सहमति भएको बताएका हुन् । युद्धविराम स्थानीय समय अनुसार विहान ८ बजेबाट लागू हुनेछ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले जुलाई ८ बाट सुरु गरेको आक्रमणका क्रममा १४२२ प्यालेस्टायनीको मृत्यु भएको छ, जसमा धेरै आम नागरिक छन् । युद्धका कारण लाखौं विस्थापित भएका छन् ।

हमासले गरेको रकेट आक्रमणमा इजरायलमा पनि ५८ जनाको मृत्यु भएको छ, जसमा धेरै सैनिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment