Comments Add Comment

संसदमा सामाजिक सुधार विधेयकमाथि छलफल हुने

१६ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक शुक्रबार बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेपछि बस्ने बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले ‘सामाजिक व्यवहार सुधार विधेयक २०७१ माथि विचार गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘निजामती सेवा (चौथो संशोधन) विधेयक, २०७१ लाई दफावार छलफलको लागि समितिमा पठाइयोस्’ भनि प्रस्ताव पेस गर्ने कार्य तालिका रहेको सहायक प्रकक्ता सुदर्शन कुइकेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment