Comments Add Comment

एकल साँझमा यसरी गुञ्जिए समाल

samalझमक्क साँझ परिसकेको थियो,प्रहरीले निगरानी बढाएपछि हच्चिकएको इटहरीका होटलहरु सबै प्राय बन्द भईसकेपनि बिराटनगर लाईनमा रहेको पिएनआर होटलमा भने बिहिबार साँझ समाजका गन्यमान्य देखि लिएर कलाकारहरुको बाक्लै उपस्थिति देखिन्थ्यो ।

सुनसरीका सिडियो लगायत इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी बिनोद शर्मा लगायत समाजका प्रतिष्ठित ब्यत्तिहरु समेत एकाएक कार्यक्रममा सहभागी भएपछि कार्यक्रमको रौनक बदलियो । त्यहि बिच स्टेजको पोडिएममा झुल्किए गायक तथा पुर्बका चर्चित कार्यक्रम सञ्चालक बालकृष्ण कार्की माहोल झनै तातियो,प्रसंग थियो बाँसुरीबादक तथा गायक बलराम समालको एकल साँझ,गायक तथा बाँसुरीबादक बलराम समालको एकल साँझ अतितका सम्झनाहरुको ।

साउन १५ गते बेलुका ६ बजे कार्यक्रम तय भएपनि बेलुका ७ बजे खचाखच भरिएको होटलको पश्चिमपटिट रहेको स्टेजबाट शुरु भयो समालको एकल गायन यात्रा । एउटा राष्ट्रिय गीतबाट थालनी भएको एकल साँझमा नारायण गोपाल,फत्तेमान लगायत चर्चित गायकहरुका दर्जनौ गित गाएर समालले उपस्थित दर्शकको वाहवाही बटुले ।
रेडियो नेपालमा एकदशक बढी बाँसुरीबादकका रुपमा जागिरे रहेका समाल उत्तिकै राम्रो गायक पनि रहेको धेरैले थाहा पाए कार्यक्रम मार्फत ।

कार्यक्रम अबधिभर दर्शकको ताली पाएर हौसिरहे समाल । ईलाममा जन्मिएर करिब ३ दशक संगीत क्षेत्रमा बिताएका समालको यो पहिलो एकल साँझ हो पुर्बमा । गायक जगदिश समालका दाई बलारामको एकल साँझले एकदमै राम्रो छाप छोडन सफल भयो पुर्बमा ।

इटहरीका पुराना देखि नयाँ कलाकारहरुका लागी समेत यो कार्यक्रम बरदान साबित भयो । पछिल्ल्ाो समय समाल सुनसरीको इटहरीमा निषाद संगीत बिद्यालय सञ्चालन गरिरहेका छन । यहि संगीत बिद्याललयले एकल साँझको चााजोपाँजो मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment