Comments Add Comment

उर्जा र परराष्ट्रका कर्मचारीले ‘बिजनेश’ पाएनन्

१६ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले भारत हेर्ने शाखामात्र होइन, सार्क डेस्कसहित प्रायः सबै कर्मचारीलाई स्टाण्डबाई राखेको छ । दलहरुबीच उर्जा व्यापार सम्झौमामा सहमति भए लगत्तै नेपालको तर्फबाट प्रस्ताव तयार पार्न उर्जा र परराष्ट्रका उच्च अधिकारीहरु पनि तयार छन् । तर, दल र सरकारको उच्च नेतृत्वले ‘बिजनेश’ नदिएपछि कर्मचारीहरु आत्तिन थालेका छन् ।
भारतीइ प्रधानमन्त्री मोदी आइबार काठमाडौं आउँदैछन् । तर, नेपालको तर्फबाट सम्झौताका लागि कस्तो प्रस्ताव लैजाने भन्ने अन्योल यथावत छ । आज शुक्रबारै यस विषयमा टुंगो लागेन भने भोलि शनिबार सरकारी विदाका दिन कार्यालयहरु खुल्दैनन् । यसले गर्दा पनि कर्मचारीहरुले चाप महसुस गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले नै पहल गरिरहनुभएको सहमतिका लागि हामीले सम्बद्ध अधिकारीहरुलाई तयारी हालतमा राखेका छौं’ उर्जामन्त्री राधा ज्ञवालीले अनलाइनखबरसँग भनिन् ‘तर ढिला हुँदा पर्याप्त तयारी नपुग्न सक्छ’ ।
मोदीले आफ्नो भ्रमणका क्रममा कुनै एक आयोजनाको प्रस्ताव गरेमा उपहारका रुपमा भारतले त्यसलाई निर्माण गरिदिने आशय व्यक्त गरेका छन् । तर, दलहरुबीच मोदीसमक्ष कुन परियोजना निर्माणका लागि प्रस्ताव गर्ने भन्ने टुंगो समेत लागेको छैन । ‘अरुण तेस्रोदेखि अरु विकल्पहरु आएका छन्, तर ठोस सहमति भएको छैन’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने ।
कांग्रेस, एमाले र एमाओवादीले भारतसँग उर्जा व्यापार सम्झौता विषयमा अध्ययन गरी सुझाव पेश गर्न कार्यदल बनाएका थिए । कार्यदलले उर्जा र व्यापारलाई छुट्याएर अलग सम्झौता गर्न सुझाव दिएको स्रोतले जनाएको छ । तर, त्यसमा भारतीय पक्षको राय नबुझी कुनै निर्णय गर्न नसकिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
मोदी आउन लागिसके तर दलहरु भने मोदीसँग माग्ने उपहार परियोजनादेखि अन्य विषयमा अन्यौलग्रस्त देखिएका छन् । ‘नेताहरु के माग्ने भनेर नर्भस जस्ता देखिए’ बरिष्ठ पत्रकार किशोर नेपालले ट्वीट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment