Comments Add Comment

मोदी आएपछि काठमाडौंको मोबाइल नेटवर्क जाने

१६ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा रहुन्जेल अर्थात आउँदो आइतवार र सोमबार काठमाडौंका विभिन्न ठाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्न सक्छ । सुरक्षाका कारण भीभीआइपी भ्रमण वरपरको स्थलमा मोबाइलको नेटवर्क डाउन हुनेछ ।modi_470X300
हुन त सेवाप्रदायक नेपाल टेलिकमलगायतका कम्पनीहरुले यसको आधिकारिक जानकारी आफ्ना ग्राहकलाई दिएका छैनन् । तर, भारतबाट विहीबारै काठमाडौं भित्रिएको अत्याधुनिक फ्रिक्वेन्सी कन्ट्रोलरले मोदी भ्रमण वरपरको क्षेत्रमा मोबाइल नेटवर्क स्वतः निश्क्रिय बनाइदिने विज्ञहरुले बताएका छन् ।

मोदीको सुरक्षार्थ फ्रिक्वेन्सी जामर गाडी काठमाडौंका आइसकेको छ । विशेष विमानबाट विमएम डब्लुका दुई बुलेटप्रुफ कारसँगै ल्याएको फ्रिक्वेन्सी कन्ट्रोल गर्ने जामर जीपले छेउछाऊका सबै मोबाइल नेटवर्कहरु खाइदिने स्रोतले बताएको छ ।
‘जहाँ-जहाँ मोदी जान्छन्, त्यसको निश्चित किलोमिटर वरपरको दूरीमा मोबाइल नलाग्ने बनाइदिन्छ’ स्रोतले भन्यो ‘आतंकवादी र अन्य तत्वले भीभीआइपीको गतिबिधिबारे कतै सञ्चार सम्पर्क गर्न नपाओस् भनेर यस्तो प्रविधि जडान गरिएको हुन्छ’ ।

२३ ‘काला बिराला’ ओर्लिए
बुलेटप्रुफ गाडीसहित फ्रिक्वेन्सी जामर गाडी लिएर मोदीको सुरक्षामा खटिने २३ जना कमाण्डो पनि काठमाडौं ओर्लिसकेका छन् । उनीहरुलाई भारतमा ब्ल्याक क्याट (काला बिराला) भनिन्छ । ती अत्यन्तै उच्च प्रबिधि र तालिमप्राप्त कमाण्डो हुन् । मोदीको पहिलो सुरक्षा घेरामा तिनै ‘ब्ल्याक क्याट’हरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment