Comments Add Comment

मारुती सुजुकी कारको बिक्री जुलाईमा लाख नाघ्यो

maruti-suzuki-final
नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले जुलाई महिनामा एक लाख एक हजार ३ सय ८० थान गाडी स्वदेश तथा विदेशमा बिक्री गर्न सफल भएको छ ।  जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २१.७ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको जुलाई महिनामा ८३ हजार २ सय ९९ थान मारुती सुजुकी गाडी स्देश तथा विदेशमा बिक्री वितरण भएका थिए ।

भारतीय बजारमा मारुती सुजुकीको बिक्री १९.९ प्रतिशतले बढेर ९० हजार ९३ थान पुगेको छ । अघिल्लो जुलाईमा ७५ हजार १ सय ४५ थान गाडी बिक्री भएका थिए ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार मारुती गाडीको निर्यात पनि जुलाई महिनामा ३८.४ प्रतिशतले बढेको छ । अघिल्लो जुलाईमा ८ हजार १ सय ४५ थान गाडी निर्यात भएकोमा यस जुलाईमा ११ हजार २ सय ८७ थान गाडी निर्यात भएका छन् ।

मिनी सेगमेन्ट कारहरु अल्टो, ए-स्टार र वागनरको बिक्री १४.४ प्रतिशतले घटेको छ । यस जुलाईमा यी कारहरु २८ हजार ७ सय ५९ थान बिक्री भएका छन् । जबकी अघिल्लो जुलाईमा ३३ हजार५ सय ८७ थान यी कारहरु बिक्री भएका थिए ।

कम्प्याक्ट सेगमेन्टका स्वीफ्ट, इस्टिलो, रिट्ज गाडीको बिक्री भने ८१.२ प्रतिशतले बढेर २५ हजार १ सय ५६ थान पुगेको छ । अघिल्लो जुलाईमा यो सेगमेन्टका गाडीहरु १३ हजार ८ सय ८२ थानमात्र बिक्री भएका थिए ।

कम्पनीका अनुसार प्रख्यात कम्प्याक्ट सेडान डिजायर कारको बिक्री २२.२ प्रतिशतले बढेर १८ हजार ६ सय ३४ पुगेको छ । अघिल्लो जुलाईमा यो कार १५ हजार २ सय ४९ थान बिक्री भएका थिए । मध्यम साइजको सेडान एसक्स-फोरको बिक्री २७.६ प्रतिशतले घटेर २३३ थानमा सिमित हुन पुगेको छ ।

जिप्सी, ग्रान्ड भिटारा, अर्टिगा ५ हजार ६ सय ३१ थान बिक्री भएका छन् भने ओम्नी र इको भ्यानको बिक्री ५४ प्रतिशतले बढी ११ हजार ६ सय ८० थान बिक्री भएको कम्पनीले जनाएकोछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment