Comments Add Comment

बलात्कार गर्न खोज्नेको लिङ्ग काटियो

१६ साउन, राजविराज । सप्तरीमा एक महिलाले बलात्कार गर्न खोज्ने एक पुरुषको लिङ्ग काटिदिएकी छन् ।

सप्तरीको २ नम्बर जोगवनीया १ बस्ने ५० बर्षीय रामकृष्ण मण्डलले छिमेकी ३५ वर्षकी महिलालाई जवरजस्ती गर्न खोजेका थिए ।

श्रीमान नभएको मौका छोपी जवरजस्ती गर्न खोजेको भन्दै महिलाले मण्डलको लिङ्ग काटिदिकी हुन् । उनले ईलाका प्रहरी कार्यालय हनुमान नगरमा प्रमाणका लागि आफूले मण्डलकेा लिङ्ग काटेको बतान दिएकी छन् ।

प्रहरी नायव निरिक्षक बोदन प्रधानका अनुसार पहिला पनि यस्ता घटना भएको र गाउँलेले मिलाउन खोजेका थिए । तर, गाउँले र प्रहरीले प्रमाण खोजेकाले महिलाले लिङ्ग काटेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घाइते मण्डलको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । महिलालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment