Comments Add Comment

‘म नाङ्गो भेटिएँ भनेर हल्ला गर्नेसँग ईगो प्रोब्लम थियो’ : हर्षिका श्रेष्ठ(भिडियाे सहित)

harshika-shrestha

गतबर्ष मलेसियामा आयोजना भएको ‘छैठौ नेफ्टा फिल्म अवार्ड’ सम्पन्न भएपछि कलाकारका बिषयमा विभिन्न खालका हल्लाहरु चले । यसमध्ये नायिका हर्षिका श्रेष्ठको बिषयमा चलेको एक खबरले नेपाली बजार पनि ततायो ।

यस बिषयमा पहिलो पटक मुख खोल्दै नायिका श्रेष्ठले जसले हल्ला चलायो उसँग आफ्नो ईगो प्रोब्लम भएको जनाएकी छिन् । अनलाइनखबरसँग बिशेष भिडियो कुराकानी गर्दै नायिका श्रेष्ठले यस्ता हल्लाले आफूलाई दुखीत बनाएपनि विचलित भने नबनाएको बताइन् ।

उनले आफूलाई मलेसियामा एक व्यक्तिले ४ लाखको सपिङ गराइदिएको बिषयलाई पनि खण्डन गरेकी छिन् । कुराकानीका क्रममा केही भावूक देखिएकी नायिकाले हल्ला फिजाउने एक नायिका भएको जनाएकी छिन् । तर हल्ला फिजाउने नायिका को थिइन् भनेर उनले नाम भने लिन चाहिनन् ।

उनले आफूहरुविचमा भएको इगोले गर्दा उक्त नायिकाले आफूलाई बदनाम गराउन यस्तो हल्ला गर्दै हिडेको जनाएकी छिन् । श्रेष्ठले भनिन्-‘चाहेको भए मैले यसको प्रतिक्रिया राम्रैसँग दिन सक्थे । तर मैले केही बोल्न नै चाहिन । अरुको बिषयमा अनावश्यक हल्ला गरेर बदनाम गराउन खोज्नेले एकपटक सोच्नु पर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment