Comments Add Comment

पहिरोमा पुरिएको घन्टौंपछि तीन महिने बच्चाको जीवितै उद्दार

malin-survivors

१६ साउन काठमाडौं । भारतको मालीण गाउँमा पहिरोमा पुरिएकी एक महिला र उनको तीन महिने बच्चालाई जीवितै उद्दार गरिएको छ । महाराष्ट्रको मालीण गाउँ नै पहिरोले बगाएको थियो ।

प्रमिला लेन्बे र उनका तीन महिनाका छोरा रुद्रलाई माटोले पुरिएको अवस्थामा उद्दार गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुको उपजिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रमिलाको सासु तनुबाईको पनि उद्दार गरिएको छ । उनको पनि उपचार भइरहेको छ । उनका अनुसार बुधबार गाउँ पहिलोले बगाउँदा प्रमिला बच्चालाई दुध खुवाइरहेकी थिइन् ।

घर पहिरोमा परेपछि प्रमिलाले छोरालाई काखमा राखेर संरक्षण गरेका कारण बच्न सकेको बताइएको छ ।

नाती र बुहारी बचेकोमा तनुबाई खुसी छन् तर, उनको परिवारका बाँकी सदस्यले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment