Comments Add Comment

मोदीको भ्रमणलाई सदुपयोग गर्नुपर्छ : ओली

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणलाई अधिकतम सदुपयोग गर्नुपर्ने बताएका छन् ।

kp-oliव्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले राष्ट्रिय हितमा अडिग रहँदै पारस्परिक लाभ लिनुपर्ने र मोदीको यो भ्रमणबाट नयाँ इतिहास सुरु गर्नुपर्ने बताए । एमालेको अध्यक्षमा निर्वाचित भएपछि संसदमा पहिलो सम्बोधन गरेका उनले भने-‘भारत आफैं अग्रसर भएर मित्रताको हात अघि बढाएको छ । यसलाई सदुपयोग गर्नुपर्छ । विषयगत बोल्नेबाहेक निरपेक्षरुपमा समर्थन वा विरोध गर्नु उचित हुँदैन ।’

छिमेकी भएपछि सीमा, बाँध तथा डुबान जस्ता समस्या हुने भन्दै उनले यसलाई कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्ने बताए । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण र उनले राखेको विचारले समेत दुई देशको सम्वन्धलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ भन्ने देखिएको उनले बताए ।

एमाले अध्यक्ष ओलीले मोदीको सुरक्षाका लागि राम्रो प्रवन्ध गर्न सरकारलाई आग्रह गरेका छन् । उनले छिमेकीका जायज चासो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment