Comments Add Comment

‘रेखा दिज्यूले भन्नुहुन्छ भने म झुर कलाकार नै हुँ’ : गरिमा पन्त(भिडियोसहित)

garima-panta
केही समय अगाडि नेपाल सरकारले राष्ट्रपति डाक्टर रामवरण यादवको हातबाट वितरण गरेको ‘राष्ट्रिय अवार्ड’मा बर्ष २०७० को उत्कृष्ट नायिकाको पुरस्कार पाएपछि गरिमाको चर्चा धेरै भयो । ‘सार्क फिल्म फेस्टिबल’मा उत्कृष्ट नायिका भएपछि गरिमाले राष्ट्रपतिको हातबाट विशेष सम्मान पनि थापिन् ।

तर गरिमाले ‘राष्ट्रिय पुरस्कार’ प्राप्त गर्दै गर्दा नायिका रेखा थापाले भने उनको खुलेरै आलोचना गरिन् । रेखाले गरिमा जस्तो ‘झुर’ अभिनय गर्ने नायिका आज आएर एकाएक कसरी उत्कृष्ट भइन् भनेर आफ्नो भनाई राखिन् ।

रेखाको यो बिषयमा पहिलो पटक अनलाइनखबरको क्यामेराअघि मुख खोल्दै नायिका गरिमा पन्तले आफू ‘झुर’ कलाकार नै भएको बताएकी छिन् । गरिमाले रेखा दिज्यू जस्तो सिनियर कलाकारले यस्तो देखेको हो भने आफू ‘झुर’ कलाकार नै भएको बताएकी हुन् ।

उसो त गरिमाको यो भनाई केही घुमाउँरो लाग्न सक्छ । तर उनले अनलाइनखबरसँग गरेको भिडियो कुराकानीमा आफूले रेखा थापाको माया पाएर सुरुवातमा कदम चालेको बताउँदै उहाँको नजरमा यस्तो हो भने त्यो सही भनेकी छिन् । गरिमाको विस्तुत अन्र्तवार्ता केही समयपछि प्रकाशन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment