Comments Add Comment

मोदीको भाषण सुन्न सभासदले आधा घण्टाअघि प्रवेश गर्नुपर्ने

१६ साउन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद बैठकलाई विशेष सम्बोधन गर्ने दिन सभासदहरुले आधा घण्टाअघि नै बैठक कक्षमा प्रवेश गरिसक्नुपर्ने भएको छ । उनीहरुलाई तोकिएको पोशाकमा उपस्थित हुन सभामुखले निर्देशन दिएका छन् ।

सुरक्षा र मर्यादालगायतका कारण सभासदहरुलाई आधा घण्टाअघि नै बैठक कक्षमा उपस्थित हुन संसद सचिवालयले सूचना जारी गरेको हो ।

शुक्रबारको संसद बैठकमा सभामुख सुवास नेम्वाङले सभासदहरुलाई पौने चार बजे नै आ आफ्नो सिटमा बसिसक्न सूचित गरे । ‘गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अपरान्ह ४ बजेर २५ मिटेमा संसद बैठकलाई सम्बोधन गर्ने भएकाले’ सभामुखले भने ‘माननीय सदस्यहरुले ३:४५ मै तोकिएको औपचारिक पोशाकमा आसन ग्रहण गरिसक्नुपर्नेछ’ ।

मोदीले आइतबार अपरान्ह संसद बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment