Comments Add Comment

सार्वजनिक लेखा समितिमा शर्मा निर्विरोध निर्वाचित

१६ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा एमाओवादीका साभासद जनार्दन शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

समितिको सचिवालय सिंहदरबारमा शुक्रबार भएको निर्वाचनमा सभासद् शर्मालाई सभापति चयनका लागि समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले प्रस्ताव गरेका थिए भने एमाओवादी सांसद डोरप्रसाद उपाध्यायले समर्थन गरेका थिए ।

समितिका ज्येष्ठ सदस्य कृष्णकुमार राईको अध्यक्षतामा बसेको बैठकले सभासद् शर्मालाई निर्वाचित भएको घोषणा गरेको थियो । नवनिर्वाचित सभापति शर्मालाई सभामुख सुवासचन्द्र नेम्वाङले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सपथ लगतै शर्माको सभापतित्वमा बसेको समिति बैठकले विगतमा सभापतित्व गरेका ज्येष्ठ सदस्य कृष्णकुमार राईप्रति विशेष धन्यवादको प्रस्ताव पारित गरेको छ ।

नवनिर्वाचित सभापति शर्माले सार्वजनिक निकायमा हुने भ्रष्टाचार र अनियमिततालाई न्यून गर्ने प्रतिबद्धता जनाउँदै अग्रजहरूको सल्लाहबमोजिम समितिका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment