Comments Add Comment

मोदीको सम्मानमा १९ तोपको सलामी दिइने

१६ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार आपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा नेपाली सेनाले मोदीलाई १९ तोपको सालमी दिनेछ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरि मोदी भ्रमणका केही कार्यक्रम सार्वजनिक गरेको छ । जसमा मोदीलाई १९ तोपको सलामी दिने पनि उल्लेख छ ।

modi_470X300सत्र वर्षपछि हुन लागेको भारतका प्रधानमन्त्रीको नेपाल औपचारिक भ्रमणलाई राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेले जानकारी दिए । आइतवार विहान मोदी विशेष विमानबाट कम्तिमा ५ मन्त्री सहित काठमाडौं आउनेछन् । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री सुशील कोइराला अति विशिष्ठ कक्षसम्मै जानेछन् ।

त्यसपछि मोदीलाई नेपाली सेनाको एक टुकडीले विशेष सम्मान गारत अर्पण गर्नेछ । विमानस्थलबाट मोदी बौद्धस्थित हायात होटलमा जाने छन् भने केहीबेर आराम गरेर उनी दिवाभोजमा सहभागी हुनेछन् । मोदीको टोलीमा एक सय भन्दा बढि सदस्य रहने जानकारी मन्त्रालयले दिएको छ ।

उनले त्यसै दिन प्रधानमन्त्री कोइरालासँग भेटवार्ता गर्ने र व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्ने कार्यक्रम बनाइएको छ । आइतवार बेलुका कोइरालाले होटल सोल्टीमा मोदीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन् । राष्ट्रपतिलाई भेट्न मोदी शीतल निवासमा सोमबार जानेछन् ।

मोदीले प्रधानमन्त्रीलाई सिंहदरबारमा हुनेछ भने अरु भेटघाट भने होटलमै हुने मन्त्रालयले जनाएको छ । मोदीले साउने सोमबार पारेर हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको विशेष पूजा गर्नेछन् । सोमवार विहान मोदीको विशेष पूजाका लागि पशुपतिका मूल भट्ट र पुजारी सहित भारतबाटै केही पण्डितहरु पनि मोदीसँगै आउनेछन् ।

पशुपतिको विशेष पूजापछि राष्ट्रपतिसँग भेटवार्ता हुने मन्त्री पाण्डेले जानकारी दिए । सोमवारै दुई देशबीच केही सम्झौतामा हस्ताक्षर हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment